नेपालले उपाधिको लागि युएईसँग खेल्दै
काठमाडाैं | कात्तिक १०, २०८०
तस्बिर फाइल
काठमाडौं: नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल दिउँसो ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले लिगमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो ।
नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो । उता युएई अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटको फाइनल खेलेको हो । दुबै टोलीको समान २ अंक थियो । उच्च लयमा रहेको घरेलु टोली नेपाल युएईमाथि ह्याट्रिक जितका साथ अपराजित रहँदै उपाधि जित्न चाहन्छ । युएई नेपाललाई फाइनलमा हराउने सोचमा हुनेछ ।
आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ ९क्यान० ले त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।
नेपाल र यूएईबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ७ खेल हुँदा नेपाल ४ र यूएई ३ खेलमा विजयी भएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

